punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा बोगटी विजयी

Chaupati
safha napa

नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी बहादुरसिंह थापालाई पराजित गर्दै बोगटी सभापतिमा निर्वाचित भएका हुन् । बोगटीले ८०६ मत प्राप्त गरे भने थापाले ७ सय १५ मत मात्रै पाए ।

कुल १५ सय ७१ मत खसेकोमा ५० मत बदर भएका थिए । बोगटी नेता रमेश लेखक निकट हुने भने थापा एनपी साउँद निकट हुन् ।

त्यस्तै, उपसभापतिमा मीनबहादुर सिंह (७८६) र हरिचन्द्र राना (७६३) विजयी भएका छन् ।

यसैगरि सचिवमा भीमराज भट्ट (७२८) र हेमराज ओझा (६९४) विजयी भएका छन् । त्यस्तै, सहसचिवमा नाफुसिंह साउँद (७२६) र पुष्कल चौधरी (६७४) निर्वाचित भएका छन् ।

 


१२ मंसिर २०७८, आइतवार १६:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु