आउँदो चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे ।

साथै उनले अहिले बाँकी रहेका विकासका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नेसमेत बताउनुभयो । ‘चुनाव आउँदैछन् । हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने छ’, ओलीले भने ।

सम्बोधनकै क्रममा उनले नेकपा एमालेको सरकारले विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको बताउँदै आफ्नो पार्टी देश बनाउने पार्टी भएको उल्लेख गरे ।संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि पनि एमालेले बहुमत ल्याउनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।


१० मंसिर २०७८, शुक्रवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु