मौसम सफा हुन केहि समय लाग्ने

प्रदूषणरहित तुवालोका कारण मौसम सफा नहुँदा घाम लाग्न नसकेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । अझै केहि दिन अधिकांश स्थानमा बदली हुने पनि बताएको छ ।

मौसम बदली हुँदा पूर्वी पहाड र मध्य पहाडका केहि स्थानमा छिटफुट वर्षाको सम्भावना छ, मौषमविद् समीर श्रेष्ठले भने ।

अहिलेको अवस्थालाई हेर्दा कुनै त्यस्तो ठुलो सिस्टम त केहि छैन, त्यसकारणले यो अवस्था धेरै लामो समय नरहने पनि मौसमविद् श्रेष्ठले जानकारी दिए । यो अवस्था धेरै भए पर्सीसम्म रहने र त्यसपछि घाम लाग्ने पनि उनको भनाइ छ ।


१० मंसिर २०७८, शुक्रवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु