कैलालीका १३ मध्ये ११ पालिकामा सभापति शाह पक्षधर निर्वाचित

नेपाली काँग्रेस कैलालीमा कार्तिक ३० गते भएको पालिका अधिबेशनबाट कैलालीका १३ पालिकामध्ये ११ वटा पालिकामा बर्तमान जिल्ला सभापति नरनारायण शाह (मनु) पक्ष निर्वाचित भएका छन् ।

धनगढी उपमहानगरपालिकामा यज्ञराज उपाध्याय, गौरिगंगा नगरपलिकामा पहलबिक्रम चन्दको पुरै प्यानल, लम्किचुहा नगरपलिकामा ईन्द्र कुवरको पुरै प्यानल, टिकापुर नगरपालिकामा नरेश खत्रीको पुरै प्यानल, भजनी नगरपालिकामा नवराज मिश्रको पुरै प्यानल, चुरे गाउँपालिकामा हेम शाहको पुरै प्यानल निर्वाचित भएका छन् ।

त्यस्तै, जानकी गाउँपालिकामा गणेश रेग्मीको पुरै प्यानल, बर्दगोरियामा कृष्ण बिष्टको पुरै प्यानल, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्यालमा कमल साउँदको पुरै प्यानल, जोशीपुरमा बसिराम चौधरी पार्टी सभापति शाहको प्यानबाट निर्वाचित भएका छन् ।

शाह प्यानल भन्दा बाहिर गोदावरी नगरपालिकामा वीरबहादुर चोखालको प्यानल र घोडाघोडी नगरपालिकामा बमबहादुर बमको प्यानल भएका विजय भएका छन्।

अधिबेशममा १३ वटा पालिका मध्य ४ वटा पालिकामा सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।

धनगढी उपमहानगरपालिकामा सभापतिमा सर्बसम्मत भएपनि अन्य पदाधिकारी र सदस्यमा भने सहमतिको प्रयास भैरहेको काङ्ग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

सम्भवत सहमती नभएमा तलका पदहरुको निर्वाचन आज हुने र यसमा पनि सबै उम्मेदवार शाहकै प्यानलका रहेका छन् ।

बर्तमान सभापतिलाई अहिले रामजनम चौधरी, डा. रणबहादुर रावल, मोहनसिंह राठौर, नारायणदत्त मिश्र, जनक चौधरी, भक्तबहादुर थापा, दिनेश जोशी, हरिष खडका, खेमराज चौधरी, नृपबहादुर वड र बर्तमान पार्टी सभापति शेरबहादुर देउवा र आर्जु देउवाको सहयोग छ ।

शाहको यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिम प्रदेशमा सभापती लडने तयारीमा छन् ।

कार्तिक ३० गते भएको पालिका अधिबेशमा पनि शाह पक्षधरको ६५ प्रतिशत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको बताइएको छ ।

यसैगरि मंसिर ३ गते हुने प्रदेश अधिबेशन, ६ गते हुने क्षेत्रीय अधिबेशन र १० गते हुने जिल्ला अधिबेशनमा पनि शाह पक्ष बलियो हुने देखिएको छ ।


२ मंसिर २०७८, बिहीवार ०८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु