punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा माओवादी केन्द्रका क्रियाशील सदस्य २३ हजार, वडा अधिवेशनको तयारी तीव्र

Chaupati
safha napa

एकीकृत नेकपा माओवादीले देशैभरिका वडामा एकैसाथ अधिवेशन गर्ने निर्णय गरेपछि कैलाली जिल्लामा पनि तयारी तीव्र तुल्याएको छ । मंसिर ४ गते हुने वडा अधिवेशनको तयारी थालिएको पार्टीका स्थानीय नेता रमेश धामीले जानकारी दिए ।

भर्खर सदस्यता नवीकरण र सदस्यता दिने काम सकिएको उनले बताए । कैलाली जिल्लामा नेकपा माओवादी केन्द्रका क्रियाशील सदस्य मात्र २३ हजार रहेको उनले जानकारी दिए ।धामीका अनुसार जिल्लामा सबैभन्दा बढी टीकापुर नगरपालिकामा २ हजार ६६८ क्रियाशील सदस्य छन् भने दोस्रोमा धनगढी उपमहानगरपालिकामा २ हजार ६३५ सदस्य छन् ।

माओवादी केन्द्रबारे फैलाइएको भ्रमलाई चिर्दै संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर पार्टीले निर्वाह गरेको भूमिकालाई जनतासम्म प्रभावकारी रुपमा प्रवाह गर्नका लागि वडा अधिवेशन सार्थक हुने माओवादी नेता धामीको भनाइ छ ।


२८ कात्तिक २०७८, आइतवार १६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु