punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीशको राजीनामा माग्दै सुदूरपश्चिममा कानुन व्यवसायीको प्रदर्शन

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सुदूरपश्चिम प्रदेशमा कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

सुदूरपश्चिमका ९ जिल्लाका जिल्ला अदालत बार एशोसिएसन र २ वटा उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।कैलाली जिल्ला अदालत बार एशोसिएसनको अगुवाइमा जिल्ला अदालत कैलालीमा पनि कानुन व्यवसायीले एक घण्टा धर्ना दिएका छन् ।

जिल्ला बार एशोसिएशनका अध्यक्ष सिद्धराज ओझाले न्यायपालिकाको सुदृढीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसन केन्द्रीय समितिले गरिरहेको विरोधका कार्यक्रममा आफूहरुले ऐक्यबद्धता जनाएको बताए ।ओझाले अगामी कात्तिक ३० गतेसम्म दैनिक एक÷एक घण्टा धर्ना दिने पनि बताए ।


२८ कात्तिक २०७८, आइतवार १५:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु