punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आरक्ष विस्थापित परिवारका समस्या समाधान गर्छौं: पूर्वमन्त्री साउँद

Chaupati
safha napa

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश एनपी साउँदले भूमि अधिकारलाई संविधानमा मौलिक हकका रुपमा राखिएकाले नागरिकले भूमिको स्वामित्व पाउनुपर्ने बताएका छन्। आज कृष्णपुर नगरपालिका–२ मा आरक्ष विस्थापितसँगको छलफल कार्यक्रममा उनले आरक्ष विस्थापित परिवारको वर्षौदेखि थाती रहेको समस्या समाधान गरिनुपर्ने बताए।

उनले दुई दशकदेखि विस्थापित परिवार कष्टकर जीवन बिताउँदै आएकाले राज्यले समस्या समाधान गर्नुपर्ने बताए।विस्थापित परिवारलाई विगतमा भोट बैंकका रुपमा प्रयोग गरिएको चर्चा गर्दै उनले समस्या समाधानका लागि छिटो पहल गरिने बताए। “आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसकेका छन्”, उनले भने, “राज्यले पीडितको समस्या समाधान गर्नुपर्छ।”

राज्य नागरिकको रक्षक हुनुपर्ने उनको भनाइ थियो। दुई चार जनालाई जागिर दिनका लागि आयोग नबन्ने चर्चा गर्दै उनले दशकौँदेखि पीडा खेप्दै आएका आरक्ष विस्थापितको समस्या समाधन गर्ने उद्देश्यका साथ कार्य अगाडि बढ्ने बताए।


२६ कात्तिक २०७८, शुक्रवार ०९:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु