punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टको आह्वान

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन्।

उनले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गरेका हुन्।

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ। यसका लागि गणक परिचालन भएका छन्। आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ। विसं १९६८ देखि जनगणना सुरुआत भएको हो।


२६ कात्तिक २०७८, शुक्रवार ०७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु