punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती नदीले धार परिवर्तन गर्दा बन्द भएको जयपृथ्वी राजमार्ग २५ दिनपछि खुलाइँदै

Chaupati
safha napa

बझाङ जिल्लाको मुख्य राजमार्ग जयपृथ्वी राजमार्ग बन्द भएको २५ दिनपछि जयपृथ्वी राजमार्ग खुलाउने काम सुरु भएको छ । बझाङको जयपृथ्वी राजमार्ग जाल्या बगर र नारुगौडामा सेती नदीले सडक बगाएपछि बन्द भएको थियो ।

नारुगौडामा बम विस्फोट गरेर अहिले पनि काम सञ्चालन भइरहेको छ भने जाल्या बगरमा गएको आइतवारदेखि सेती नदीको धार परिवर्तन गर्ने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

​गएको असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म लगातार भएको बेमौसमी वर्षाका कारण सेती नदीले जाल्या बगर र नारुगौडा राजमार्ग कटान गरेको थियो । सडक भएको ठाँउमा नै सेती नदी बगेपछि नारुगौडामा नयाँ सडक कटान गरी बाटो खुलाउने काम भइरहेको छ भने जाल्या बगरमा सेती नदीलाई डाइभर्सन तथा धार परिवर्तन गरी केही समयमा लागि भए पनि राजमार्ग सञ्चालन गर्ने काम सुरु भएको हो ।

राजमार्ग बन्द भएका कारण बजारमा पाइने दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । जिल्लाभन्दा बाहिर जाने यात्रुहरू अलपत्र परेका छन् । बिरामीहरूलाई पनि बाहिर जिल्ला लैजान स्टेचरको भरमा बोकेर नारुगौडासम्म लैजानुपर्ने बाध्यता रहेको छ ।


२५ कात्तिक २०७८, बिहीवार १९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु