किसानले राहत पाएनन्
सरकारले बाढीपीडितका लागि साना किसानको हक्मा ६५ प्रतिशतसम्म राहत दिने घोषणा गरेपनि पीडित किसानहरूले हालसम्म राहत रकम पाउन सकेका छैनन् ।प्रधानमन्त्री शेरबहादुर देउवा आफैं बाढी प्रभावित क्षेत्रमा पुगेर निरीक्षण भ्रमण गरी राहत दिने निर्णय गरे पनि बाढीपीडितले अझै राहत पाउन नसकेका हुन् ।
टीकापुर नगरपालिका–८ का बाढीपीडित कृष्णगोपाल चौधरीले सरकारले निर्णय गरेको राहत प्याकेजको कुनै अत्तोपत्तो नभएको बताए ।‘पीडित साना किसानलाई सरकारले ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने भने पनि राहत प्याकेज आउँछ कि आउँदैन थाहा छैन,’ उनले भने, ‘नेपालमा निर्णय धेरै हुन्छन्, कार्यान्वयन हुन्न । राहत पनि निर्णयमा नै सीमित हुन सक्छ । आउँछ भन्ने त्यति आशा छैन ।’
घरमा भएको अन्न खेतमा भएको धान बाढीले बगाइसकेको र हिउँदे बाली गहुँ लगाउने बेला बीउ नै नभएकाले के कसो गर्ने भन्ने तनावमा रहेको उनले बताए ।टीकापुर–८ कै अर्का किसान धनसिंह साउदले पनि सरकारको राहतको अत्तोपत्तो नभएको सुनाए । ‘धेरै किसानको धान पानीले भिजेर बिग्रेको छ ।
२४ कात्तिक २०७८, बुधवार १६:१२ बजे प्रकाशित































