महिला हिंसाविरुद्धको अभियान ‘प्रहार’को तदर्थ समिति गठन
राष्ट्रिय गोजुरीयो कराँते दो संघ नेपालका महासचिव तथा गुरुकुल सेक्युरिटी सर्भिसेज प्रा.लि धनगढीका अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा महिला हिंसा विरुद्धको अभियान प्रहारको तदर्थ समिति गठन गरिएको छ । बुधवार चन्दको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।
यसै गरी उपाध्यक्षमा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी , यशोदा बराललाई चयन गरिएको छ ।त्यस्तै, महासचिव अञ्जली के सी, सचिव राजेन्द्र बम, एश्वय बिस्ट र कोषाध्यक्षमा सपना रोकाया लाई चयन गरिएको छ ।
भने सदस्यहरू मा नरेन्द्र गुरुङ, प्रदीप पाठक, मनीषा श्रेष्ठ, भगवती बोहरा, अनु बगाले, आरोही कोइराला (पूजा) लाई चयन गरिएको जनाइएको छ ।महिला हिंसा विरुद्धको अभियान प्रहारले विगत लामो समयदेखि महिला सशक्तीकरण तथा आत्म रक्षा सम्बन्धी तालिम दिईरहेको छ ।
२४ कात्तिक २०७८, बुधवार १८:१८ बजे प्रकाशित































