punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले अधिवेशन : कञ्चनपुरका तीन स्थानीय तहमा सर्वसम्मत, ६ मा अन्यौल

Chaupati
safha napa

नेकपा(एमाले)को जारी स्थानीय तह अधिवेशनअन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। नौ स्थानीय तहमध्ये बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा मात्रै सोमवार सर्वसम्मत नेतृत्व चयन भएको हो।

बेलौरीमा बाबुराम न्यौपानेको अध्यतामा नगर कमिटी चयन भएको छ। शुक्लाफाँटामा भक्तराज जोशी र लालझाडीमा ओम प्रकाश रानाको नेतत्वमा कमिटी चयन भएको छ।

अन्य स्थानीय तहमा नेतृत्वका लागि आकांक्षीहरू बढी भएपछि सहमति जुट्न सकेको छैन। यद्यपि‚ मंगलबार साँझसम्म ६ स्थानीय तहमा सर्वसम्मत रुपमै नेतृत्व चयन हुने एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले दावी गरेका छन्।

‘उद्घाटन र बन्द सत्रका कार्यक्रम लम्बिएपछि समय अभावले प्रकृयाअगाडि बढाउन सकिएन‚’ उनले भने, ‘मंगलवार साँझसम्म ६ स्थानिय तहमा नेतृत्व चयन हुन्छ।’

बेदकोट नगरपालिकामा पाँच पदाधिकारीका लागि २१ जनाले उम्मेदवारी दिएका छन्। ७० सदस्य पदमा ९६ जनाले उम्मेदवारी दिएका छन्। आकांक्षी बढी देखिएपछि अधिवेशन १७ गतेसम्मका लागि स्थगित गरिएको छ। नौ वटै स्थानीय तहमा नगर अधिवेशनका लागि ३३३ जना प्रतिनिधि रहेका छन्।

 


१६ कात्तिक २०७८, मंगलवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु