punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको गौरीगंगामा शान्ति सिंह बनिन् एमालेको नगर अध्यक्ष

Chaupati
safha napa

कैलालीमा महिलाको प्रतिनिधित्व गर्दै शान्ति सिंह पहिलो नगर अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । सोमबार सम्पन्न पार्टीको नगर अधिवेशनबाट सिंह गौरीगंगा नगरपालिकाको नगर अध्यक्ष बनेकी हुन् ।

यसअघि पार्टीको पागौरीगंगा नगर कमिटी सचिव रहेकी सिंह माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेकी नेतृ हुन् । सिंहले नेता र कार्यकर्ताको सल्लाहअनुसार एमालेलाई पहिलो पार्टी बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले हाल एकीकृत समाजवादी पार्टीका कारण विवादित बनेर प्रशासनको नियन्त्रणमा रहेको नगर कमिटीको कार्यालय पार्टीको मातहत ल्याउने पहिलो प्राथमिकता भएको बताएकी छन् ।

सिंह २०५९÷६० सालदेखि सक्रिय राजनीतिमा छिन् । नगर कमिटीको उपाध्यक्षमा पदमबहादुर ऐर, सचिवमा अमर छन्तेल, उपसचिवमा खेमानन्द पौडेल र प्रेम बिक सर्वसम्मत चयन भएका छन् । गौरीगंगामा सिंहको अध्यक्षतामा ७५सदस्यीय कमिटि गठन गरिएको छ ।

कैलालीका १३ वटा स्थानीय तहमा सोमबार नेकपा एमालेको पालिका अधिवेशन उद्घाटन गरिएपनि बन्दसत्र अझै सकिएका छैनन् । तर जिल्लाको चुरे गाउँपालिकामा भने चक्रबहादुर बोगटीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको एमाले कैलालीका अध्यक्ष रतन थापाले जानकारी दिए ।

अन्य पालिकामा पनि बन्दसत्र चलिरहेकाले मंगलबार साँझसम्म नेतृत्व चयन गरिसक्ने उनी बताउँछन् । सबै पालिकामा सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्ने रणनीतिका कारण केही ढिलाइ भइरहेको छ ।


१६ कात्तिक २०७८, मंगलवार १५:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु