punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमती र छोरीको टोकेर हत्या,श्रीमान पक्राउ

Chaupati
safha napa

इलाममा टोकेर श्रीमती र छोरीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
देउमाई नगरपालिका– ५ बारूङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले ३४ वर्षीया पत्नी सीता र १६ वर्षीया छोरी दिक्षा तामाङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आफू धामी भएको भन्दै उनले झारफुक गर्ने क्रममा पत्नी र छोरीको घाँटी तथा शरीरको विभिन्न भागमा टोकेको र टोकाइबाट पत्नी र छोरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

‘सोमबार राति तामाङले आफूमा धामी उत्रेको भन्दै घरमा चिन्ता बसेका थिए । ‘घरमा चिन्ता लगाउन थालेपछि तामाङ परिवारका अन्य सदस्य पनि झारफुक गराउनका लागि उनको घरमा भेला भएका थिए‚’ एसपी श्रेष्ठले भने‚ ‘घरमा अरु सदस्य भेल अरुलाई घर बाहिर पठाएका रहेछन्, त्यही समयमा उनले पत्नी र छोरीलाई टोकेर हत्या गरेको खुल्न आएको छ’ इलामका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले भने ।

उनले आफ्नै घरमा पालेको कुकुरसमेत मारेको स्थानीयले बताएका छन् ।घटना मंगलबार बिहान करीब ३ बजेतिर भएपनि झारफुक गराउन भेला भएका र छिमेकीले बिहान ६ बजेतिर मात्र थाहा पाएका थिए । तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेमा राखिएको छ । शव पोष्टमार्टमका लागि धरान पठाएको एसपी श्रेष्ठले जानकारी दिए ।

 


९ कात्तिक २०७८, मंगलवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु