धनगढीमा कार्तिक १० र ११ गते भेरोसेल खोपको दोश्रो मात्रा लगाइने
धनगढी उपमहानगरपालिकामा कार्तिक १० र ११ गते कोभिड–१९ विरुद्धको दोश्रो मात्राको भेरोसिल खोप लगाउने भएको छ ।उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा कोभिड–१९ विरुद्धको खोप लगाउने बताउदै वडा नम्बर १९ मा भने ११ र १२ गते कोभिड–१९ विरुद्धको भेरोसिल खोप लगाउने बताए ।
१८ बर्ष माथिका पहिलो खोप लगाएका सम्पुर्णलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।

९ कात्तिक २०७८, मंगलवार १४:५९ बजे प्रकाशित






























