punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकप फुटबलका लागि छानियो जर्मनी

Chaupati
safha napa

जर्मनी, आगामी वर्ष कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ।सोमबार राति भएको छनोट खेलमा ४–० गोलअन्तरले नर्थ म्यासेडोनियालाई हराउँदै जर्मनी विश्वकपका लागि छानिने पहिलो देश बनेको हो।

सन् २०१४ को विश्वकप विजेता जर्मनी समूह ‘जे’ मा दुई चरणका खेल बाँकी रहँदै अर्को वर्ष कतारमा हुने विश्वकपमा सहभागिताका लागि छनोट हुन सफल भएको हो।फिफा विश्वकप कतारमा सन् २०२२ मा हुँदै छ।

जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ। तर यी दुवै खेलमा हारे पनि जर्मनीलाई दोस्रोमा रहेको टोलीले भेट्न सक्ने छैन।सोमबार रातिको जितसँगै जर्मनी ८ खेलमा २१ अंक जोडेर समूह ‘जे’ को शीर्ष स्थानमा उक्लिएको हो।

जर्मनीका टिमो वेर्नरले दुई तथा काई हाभर्टस् र जमाल मुसियालाले एक–एक गोल गरेका हुन्। यस्तै मुसियालाले अर्को गोल थपेपछि जर्मनी फराकिलो अन्तरमा विजय हासि गर्न सफल भएको हो।छनोट खेलअन्तर्गत सोमबार नै भएका प्रतिस्पर्धामा आइसल्यान्डले लिचेस्टाइनलाई ४–०, रोमानियाले आर्मेनियालाई १–० र चेक गणतन्त्रले बेलारुसलाई २–० गोलअन्तरले हराएका छन्।

यस्तै वेल्सले इस्टोनियालाई १–० ले हराएको छ भने साइप्रस माल्टासँग २–२ गालको बराबरीमा रोकिएको छ।


२६ असोज २०७८, मंगलवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु