punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाको गृह जिल्लामा कांग्रेस अधिवेशन विवाद: भेला सम्बोधन गर्न पुगे पौडेल पक्षका नेताहरू

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन विवादमा परेको छ।गत भदौ २५ गते जिल्ला सभापति कर्णबहादुर मल्ललगायत सहभागी नभई गरिएको अधिवेशन विवादित बनेको हो। क्रियाशील सदस्यता विवाद नमिलाई सभापति देउवा पक्षले वडा अधिवेशन गरेको थियो।

वडा अधिवेशन फेरि गर्नुपर्ने मागसहित रिले अनसन पार्टी कार्यालयमा जारी छ। आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू डडेल्धुरा जाँदैछन्।पौडेलले पनि विज्ञप्ति निकालेर डडेल्धुरा कांग्रेसले गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य शेखर कोइराला, गुरूराज घिमिरेलगायत नेता धनगढी पुगिसकेका छन्।

उक्त टोलीमा नेविसंघ पूर्वअध्यक्ष केशव सिंह, कांग्रेस नेता गोविन्दराज पोखरेललगायत पनि छन्।आज दिउँसो १ बजे डडेल्धुरा बसपार्कमा आयोजित भेलालाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। करिब तीन सय क्रियाशील सदस्यता हटाएर नयाँ राखेपछि डडेल्धुरा कांग्रेसमा विवाद छ।


१७ असोज २०७८, आइतवार ०९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु