punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन महिनापछि डोटीले बल्ल पायो प्रजिअ

Chaupati
safha napa

गृह मन्त्रालयले तीन महिनापछि डोटीमा प्रमुख जिल्ला अधिकारी खटाएको छ।डोटी विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो।

निमित्त प्रजिअका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शंकरबहादुर विष्टलाई प्रजिअ तोकेको हो। विष्टले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गर्दै आएका थिए।

डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएपछि डोटी प्रजिअ विहीन भएको थियो।खनाल सरुवा भएर गएपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए। प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो। रासस


१७ असोज २०७८, आइतवार ०९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु