punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश २ : लोसपा संसदीय दलको नेतामा सोनल

Chaupati
safha napa

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । जनकपुरको होटल सिटी स्टारमा सोमबार अबेर रातिसम्म चलेको संसदीय दलको बैठकमा सहमति नजुट्दा निर्वाचन भएको थियो ।

निर्वाचनमा १६ सांसदमध्ये सोनल ९ मत ल्याएर दलको नेता बनेका हुन् । सोनलसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले मात्र ६ मत पाए । एक मत बदर भएको बुझिएको छ । महतो लोसपा वरिष्ठ नेता राजेन्द्र महतोका भतिज हुन् ।

यसअघि सुरिता साहसमेत प्रतिस्पर्धामा रहेपनि सहमतिमा दलको नेता चयन नहुँदा उनले निर्वाचनमा उम्मेदवार दिइनन् । महन्थ ठाकुर समूहका सोनल यसअघि पनि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलका नेता थिए ।

यसअघि उनी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर समूहको भन्दै उनलाई मन्त्रीबाट बर्खास्त गरेका थिए ।


१२ असोज २०७८, मंगलवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु