Alok

ईश्वरका तीन मुक्तक


रुनुहोस्, कराउनुहोस न्याय पाइँदैन ।
बिन्ती बिसाउनुहोस् न्याय पाइदैन ।।
हत्यारा बलात्कारकारी नै शासक भएपछि
कठघरामा उभाउनुहोस् न्याय पाइदैन ।।


बचाँउन भित्र–भित्रै यस्ता करार भए ।
निर्दोष जेलमा, अपराधी उद्धार भए ।।
थाहा पाउँथ्यौ सरकार पीडा के हो भन्ने
जब तिम्रा चेलीबेटी पनि बलात्कार भए ।।


सानो कामको पनि ठूलै हाउभाउ गरिन्छ ।
नयाँ युग भन्दै अपराधीको बचाउ गरिन्छ।।
यो कस्तो लोकतान्त्रिक शासन हो सरकार
जस्ले न्याय माग्छ उसैलाई पक्राउ गरिन्छ।।

ईश्वर कुँवर ‘साफे’
अछाम, हाल–धनगढी, कैलाली


३ असोज २०७८, आइतवार १८:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु