मन्त्री सोडारी र राज्यमन्त्री चौधरीद्वारा नदीकटान क्षेत्रको निरीक्षण
सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारी तथा राज्यमन्त्री चुनकुमारी चौधरीले कैलालीको गोदावरी वडा नम्बर ९ खुटीया नदीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका छन् ।
जनता संग तटबन्ध कार्यक्रमको टोली लिएर मन्त्री सोडारी आइतबार सेहरी, धनचौरी मुर्कट्टी क्षेत्रका बस्तीमा नदीकटान क्षेत्रको निरीक्षणमा पुगेका हुन ।
सो क्षेत्रमा एशीयाली विश्व बैंकको सहयोगमा १५ सय मिटर तटबन्धन हुने छ । निरीक्षणको क्रममा मन्त्री सोडारीले चुनावमा बोलेका बचन क्रमश : पुरा हुदै गएको बताए ।
तटबन्धन संगै आयआर्जन का कार्यक्रमहरु पनी संचालन गरीने सोडारीले बताए । एशीयाली विश्वबैंकको सहयोगमा यो वर्ष भित्र तटबन्ध हुने विश्वबैंकका प्रतिनिधि रविन ढकालले बताए ।
३ असोज २०७८, आइतवार १८:३२ बजे प्रकाशित































