मेसीकाे ह्याट्रिकमा अर्जेन्टिनाकाे जित
कप्तान लिओनल मेसीले ह्याट्रिक अर्जेन्टिनाले विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा बोलिभियालाई पराजित गरेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३(०ले हराएको हो ।
खेलको १४ औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका मेसीले दोस्रो हाफमा दुई गोल गरे । उनले ६४ औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ८८ औं मिनेटमा तस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।
मेसी ह्याट्रिकपछि दक्षिण अमेरिकी महादेशबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने । त्यसका लागि उनले ब्राजिलका पेलेलाई पछि पारे । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् ।पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् ।
जितपछि छनोटमा अर्जेन्टिना ८ खेलमा १८ अंकसहित दोस्रो स्थानमै छ । बोलिभिया ९ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।यस्तै अन्य खेलमा उरुग्वेले ईक्वेडरलाई १–० ले पराजित गरेको छ । कोलम्बियाले चिलीलाई ३–१ ले तथा पाराग्वेले भेनेजुएलालाई २–१ ले हराएको छ ।
२५ भदौ २०७८, शुक्रवार ०९:०७ बजे प्रकाशित































