punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चट्याङ लागेर वालकको मृत्यु, पाँच घाइते

Chaupati
safha napa

रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

मर्चवारी गाउँपालिका–३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

साँझ साढे ५ बजेपछि २ जना खेतबाट घाँस काटेर खेतको आली भएर आउने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो । सँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

यसैगरी सोही समयमा मर्चवारी १ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले जानकारी दिए ।घाइतेहरूको उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।


२५ भदौ २०७८, शुक्रवार ०९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु