punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज नेपाली राष्ट्रिय क्रिकेट टिमले पीएनजीसँग खेल्दै

Chaupati
safha napa

ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका सवा सवा चार बजे सुरु हुनेछ । नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । सिरिजमा नेपाल १–० ले अघि रहेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।


२५ भदौ २०७८, शुक्रवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु