एक वृद्धको मोहना नदीमा शव फेला

कैलालीको धनगढी उपमहानगरपालिका –१४ फूलवारीका एक वृद्धको मोहना नदीमा शव फेला परेको छ । भदौ १९ गते राती घरबाट बेपत्ता भएका ७० वर्षीय सुरज विकको खोजीका क्रममा शव फेला परेको हो ।

घरबाट बेपत्ता भएपछि नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र स्थानीयहरूले बेपत्ता विकको खोजीकार्य गरेका थिए । भदौ २० गते धनगढी उपमहानगरपालिका –१८ स्थित मोहना नदीमा बेपत्ता भएका विकले प्रयोग गरेका कपडा नदी किनारमा फेला परेपछि प्रहरीले नदीमा डुबेको आशंकामा खोजतलास तिर्व बनाएको थियो ।

खोज तलासका क्रमा नदीको बहाव कम भएपछि प्रहरीले सोमबार नदीमा मृत अवस्थामा विकको शव फेला परेको स्थानीय बहुलिया सीमा प्रहरी चौकीका इन्चार्ज वासुदेव अवस्थीले जानकारी दिए ।

बेपत्ता भएपछि लगातार खोजीकार्य गरिएको भए पनि नदीमा पानीको उच्च बहावका कारण तीन दिनपछि बेपत्ता भएका विकको शव फेला परेको अवस्थीले जानकारी दिएका छन् ।


२१ भदौ २०७८, सोमवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु