punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारत – इंग्ल्यान्ड चौथो टेस्टको दोस्रो इनिङमा ब्याटिङ गर्दै भारत

Chaupati
safha napa

भारत र इंग्ल्यन्डबीच जारी पाँच खेलको दोस्रो टेस्टको दोस्रो इनिङमा भारतले ब्याटिङ थालेको छ। उसले दोस्रो दिनको खेल सकिंदासम्म विनाविकेटको क्षतिमा ४३ रन बनाएको छ। उसका लागि रोहित शर्मा २० तथा केएल राहुल २२ रनमा अविजित छन्।

भारत अहिले ५६ रनले पछि छ। यसअघि पहिलो इनिङमा भारतले कप्तान विराट कोहलीको अर्धशतक तथा सार्दुल ठाकुरको विस्फोटक इनिङमा १९१ रन बनाएको थियो। कोहलीले ५० रन बनाएका थिए भने ठाकुरले ३६ बलमा ५७ रन बनाएका थिए। अन्य ब्याट्सम्यान भने चल्न सकेका थिएनन्।

इंग्ल्यान्डका क्रिस बोक्सले ४ विकेट तथा ओली रोविन्सनले ३ विकेट लिएका थिए। जवाफमा इंग्ल्यान्ड पहिलो इनिङमा २९० रन बनायो। दोस्रो दिन अलआउट हुनुअघि उसका लागि ओली पोपले सर्वाधिक ८१ रनको योगदान दिए। त्यस्तै क्रिस वोक्सले ५० रन बनाएका थिए। जोनी ब्यारिस्टोले ३७ रन जोड्दा मोइन अलीले ३५ रन बनाए।

त्यसअघि डेभिड मलानले ३१ रन बनाउँदा कप्तान जो रूटल २१ दिनमा पेभिलियन फर्किएका थिए। भारतका लागि उमेश यादवले तीन विकेट लिंदा जसप्रित बुमराह र रभिन्द्र जडेजाले समान २–२ विकेट लिएका थिए। भारतले तेस्रो दिन आज ४३ रनबाट दिनको खेल सुरू गर्ने छ। क्रिजमा ओपनर द्धय रोहित शर्मा र केएल राहुल क्रमश २० र २२ रनमा खेलिरहेका छन्।


१९ भदौ २०७८, शनिवार ०९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु