punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनकामना केबुलकार भोलिदेखि चल्ने

Chaupati
safha napa

कोरोना संक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ। निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो।

मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो। ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्छ,’ उनले भने।

चितवनको इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गरेका छन्।

भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेका श्रेष्ठले बताए।मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको श्रेष्ठले जानकारी दिए। रासस


१९ भदौ २०७८, शनिवार १०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु