कञ्चनपुरमा मृतकको सदगतमै भारतीय एसएसबीको अवरोध
कञ्चनपुरमा भारतीय एसएसबीले मृतक नेपाली नागरिकको सदगत गर्न अवरोध गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको सदगत गर्न अवरोध गरेको हो ।
भीमदत्त नगरपालिका–९ रिगौना सदगत स्थलमा एसएसबीका जवान आएर अवरोध गरेका थिए । स्थानीय युवा दीपेन्द्रसिंह ऐरीले मृत्यु भएका नेपाली नागरिकको सदगत गर्न एसएसबीले अवरोध गरेको बताए । सो क्षेत्रमा नाथगिरी, पुरी भारती समुदायले सदगद गर्दै आएका छन् ।
सदगत गरेर वर्ष दिनपछि समाधि बनाउने भएकाले भारतीय पक्षबाट कञ्चनपुरको सीमा क्षेत्रमा हस्तक्षेप मात्र नभई नेपालीको धर्म–संस्कृतिमा समेत अवरोध पु¥याउने गैरसमाजिक काम भएको स्थानीय बताउँछन् । भीमदत्त नगरपालिका– ९ का वडाध्यक्ष राना नाथले सदगत कार्यमा एसएसबीले गरेको अवरोध निन्दनीय भएको बताए ।
‘आफ्नै भूमिमा सदगत गर्दासमेत भारतीय पक्षबाट अवरोध हुनु गलत हो,’ उनले भने, ‘अबउप्रान्त यस्ता विषयमा भारतीय पक्ष जिम्मेवार हुनुपर्छ ।’ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल र नेपाली नागरिकमाथि निरन्तर ज्यादती गरिरहेको स्थानीयका् गुनासो छ ।
१८ भदौ २०७८, शुक्रवार १७:५३ बजे प्रकाशित































