सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ९ सय ७२ जनाको कोरोना परिक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थय निर्देशनालयका अनुुसार पछिल्लो २४ घण्टामा १ सय ५२ जनाको पिसिअर विधिबाट कोरोना परिक्षण गर्दा २७ र ८ सय २० जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ३ सय ६२ रहेको छ ।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ४० जना कोरोना निकोभएर घर गएका छन् ।
यो संगै सुदूरपश्चिममा कोरोना निकोहुनेको संख्या ४५ हजार ६ सय ८३ पुगेकोछ । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या ५ सय ८३ पुगेकोछ ।
१८ भदौ २०७८, शुक्रवार १८:१० बजे प्रकाशित































