punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

Chaupati
safha napa

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिकामा से ३ प ५४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का गोपी चौधरी र मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका तीर्थबहादुर साउद घाइते भएका हुन् ।

उनीहरूको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बोहराले बताए ।


१६ भदौ २०७८, बुधवार १९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु