punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान’ अन्तर्गत कैलालीमा ४५० बोटविरुवा रोपण !

Chaupati
safha napa

बुधवार देखी सञ्चालन भएको “राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान” अन्तर्गत कैलालीमा ४५० बोटबिरुवाहरू वृक्षारोपण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित देवरिया सामुदायिक वनमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियान कैलालीमा पनि सुरुआत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतको प्रहरी कार्यालयहरूले ४७५ बोटबिरुवाहरू वृक्षारोपण गरेका हुन् ।

वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट र धनगढी उपमहानगरपालिका –७ का वडाध्यक्ष सिताराम रानाको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

यस्तै देवरिया सामुदायिक वनका अध्यक्ष भजन राना र स्थानीय भीम पडाल लगायत ४० जनाको प्रहरी टोलीले विभिन्न प्रजातिका ३०० वटा बोटबिरुवाहरू वृक्षारोपण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

May be an image of 2 people, people standing and outdoorsMay be an image of 1 person, standing, nature and tree


१६ भदौ २०७८, बुधवार १९:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु