punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले दिए राजीनामा

Chaupati
safha napa

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाको जानकारी गराएर राजीनामा पत्र बुझाउन विश्वकर्मा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।

आफूले केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिएको विश्वकर्माले बताए। उनले निर्वाचन निर्देशिकाको व्यवस्थामाथि प्रश्न उठाएका छन्। कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शुन्य हुने देखिएको भन्दै उनले निर्वाचन निर्देशिकाको विरोध गरेका छन्।

‘दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागु गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन,’ उनले भने, ‘यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शुन्य हुने देख्दादेख्दै पनि यस पार्टीको जिम्मेवार सदस्य र नेपाल दलित संघको पनि केन्द्रीय अध्यक्ष हुनु नाताले त्रुटिपूर्ण, अन्याय र अव्यवहारिक नीति नियम लागु हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रूपले मिल्दैन, आजकै मितिदेखि लागू हुने गरी दुबै पदबाट राजीनामा गरेको छु।’

यस्तो छ राजीनामा पत्रः


१६ भदौ २०७८, बुधवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु