punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना बैतडी र एक जना अछामका रहेका छन् ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार आइसियुमा उपचाररत बैतडीको दशरथ चन्द नगरपालिका–८ का ३१ वर्षीय पुरुषको बुधवार बिहान मृत्यु भएको हो ।

त्यस्तै आइसियुमै उपचाररत अछामको साँफेबगर नगरपालिका – ५ का ५१ वर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको थियो । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । ती मध्ये २ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबिच सेतीमा २८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ सय ५८ नमुनाको कोरोना परीक्षण गरिएकोमा २८ संक्रमित थपिएका हुन ।


१६ भदौ २०७८, बुधवार १७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु