महोन्यालकी कार्यवाहक अध्यक्ष बुढामगरसहित ३ जनाले गरे नेकपा समाजवादीमा सनाखत
नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधि पनि खुल्न थालेका छन् ।बुधवार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पूजा बुढामगरले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी छन् ।
प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यालयमा पुगेर अध्यक्ष बुढामगरले नेकपा (एस) मा सनाखत गरेकी हुन । कार्यवाहक अध्यक्ष बुढामगर सँगै २ जना वडा सदस्यले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
यस अघि मंगलबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
१६ भदौ २०७८, बुधवार १६:११ बजे प्रकाशित































