punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमान भेट्न नपाउँदै बसको सिटमै अस्ताइन धर्मा, आफन्तले शव बुझे

Chaupati
safha napa

आफू सामान्य बिरामी भएको भनेर उपचारका लागि गाउँबाट श्रीमान भएको ठाउँ नेपालगञ्ज जान लागेकी रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ सिन्दुरपानीकी २८ वर्षीया धर्मा बटलाले विहीबार राति बसको सिटमै प्राण त्यागिन् ।

बिहीबार घरको चाँजोपाँजो मिलाएर ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उनी उपचारका लागि नेपालगञ्ज जाँदै थिइन् । गाउँमा भएका मेडिकलमा उपचार सम्भव नभएपछि श्रीमानकै सल्लाहमा नेपालगञ्ज जाँदै गरेकी उनले श्रीमान भेट्न पाइनन् ।

३२ महिनाको दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चढेकी उनीसंग बसमा पनि चिनेजानेका कोही थिएनन् । तर श्रीमानसंग पटक–पटक फोन सम्पर्क भइरहन्थ्यो । फोनमा उनले श्रीमानलाई आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकोसमेत बताउँदै आएकी थिइन् । तर मध्येरातमा सबै सुस्ताएको बेला उनी पनि सुस्ताइन् सधैँका लागि ।

उनले राति वान्ता गरेकी थिइन् । बसमा सवार यात्रुहरुका अनुसार वान्ता गरेपछि पनि उनी बच्चालाई काखमै राखेर बसेकी थिइन् । सबै सुन्ताइरहेको बेला मध्येरातमा बच्चा एक्कासी रोयो । सबै यात्रु बिउझिदा बच्चा उनको काखबाट खसको भेटियो । उनी बेहोस् भएपछि बच्चा खसेको रहेछ । यात्रुहरुले धर्मालाई उठाउन खोज्दा उनी सधैँका लागि अस्ताइसकेकी थिइन् ।

उनको मृत्युपछि बच्चा रुन थाल्दा अन्य यात्रुले बच्चालाई उनको काखमा राखिएका थिए । सोही अवस्थामा बसका एक यात्रुले तस्बीर खिचेका थिए । सोही तस्बीर अहिले निर्क भाइरल भइरहेको छ । मृतक धर्मालाई पछिल्लो विहान नेपालगञ्जको भेरी अस्पताल पुर्याइएको थियो । अस्पतालमा धर्मालाई मृत घोषणा गरेको थियो ।

नेपालगञ्जको भेरी अस्पतालको आइसियुमा राखिएको उनको शव आफन्तहरुले अन्तिम संस्कारको लागि लगेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले माइती र घर दुबै पक्ष आएर शव अस्पतालबाट लगेको बताए । धर्मकुमारीलाई प्रेसर हाइ र लो हुने समस्या रहेको श्रीमान दलबहादुर बटलाले बताए ।

बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल हो । उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन् । दलबहादुरको उनी दोस्रो श्रीमती थिइन् ।


५ भदौ २०७८, शनिवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु