punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डलाई रुघाखोकी र ज्वरो, कोरोना देखिएन

Chaupati
safha napa

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ बनेका छन् । उनलाई सामान्य रुघाखोकी र ज्वरो आएको पुत्री गंगा दाहालले जानकारी दिइन् ।

फेसबुकमा दाहालले लेखे अनुसार प्रचण्डको कोभिड टेस्ट भने नेगेटिभ आएको छ । टेस्ट रिपोर्ट आएसँगै अहिले प्रचण्डको अवस्था सामान्य रहेको उनले बताएकी छन् ।

देश विदेशबाट धेरैले प्रचण्डको स्वास्थ्य अवस्थाबारेमा बुझ्न खोजिरहेको भन्दै गंगाले औपचारिक जानकारी दिएकी हुन् । उनी प्रचण्डको सचिवालयमा समेत काम गर्छिन् ।

 


५ भदौ २०७८, शनिवार १६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु