punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निसर्ग हस्पिटलद्वारा सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालन

Chaupati
safha napa

धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमाल्याएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाकानागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमाल्याउने उद्देश्यअनुसार प्रदेशमै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमाल्याइएको हस्पिटलले जनाएको छ ।

निसर्ग हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकले ‘टेलीमेडिसिन सेवा’ को माध्यमबाट सात वटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथाउपचार सेवाप्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा।मिराजआलमअन्सारीले जानकारी दिए ।हस्पिटलका अध्यक्षतीर्थराजपन्तले सोमबारदेखि बझाङबाट ‘टेलीमेडिसिन सेवा’सुरु गरिएको बताउँदै छिट्टै अन्यजिल्लामापनिविस्तार गरिने जनाए ।

जीआईजेड र मिदास टेक्नोलोजीप्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमाल्याइएको उनले बताए । ‘टेलीमेडिसिन सेवा’मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुुल्कभने लाग्ने छैन ।

‘टेलीमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाकालागि पहाडी जिल्लाबाट धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास समेत लिइएको छ ।

सुदूरपश्चिमको सामाजिकविकास मन्त्रालयकाअनुसार प्रदेशमाअहिलेसम्म कुुनै पनि अस्पतालले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका छैनन् । सेतीप्रादेशिक अस्पतालमा सेवा सञ्चालनकालागिबजेट विनियोजन गरिएपनिहालसम्म सञ्चालनमाआउन सकेको छैन । निजीतथा सरकारी स्तरबाट प्रदेशमा‘टेलीमेडिसिन सेवा’ सञ्चालनमानभएकाबेलानिसर्ग हस्पिटलले थालनी गरेको हो ।


३२ साउन २०७८, सोमवार २०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु