काठ चिरान गरिरहेको अवस्थामा दुईजना पक्राउ
कैलाली प्रहरीले काठ चिरिरहेको अवस्थामा दुई जना पक्राउ गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका – ७ संगम सामुदायिक वनको बडिआममा अवैध रूपमा काठ चिर्ने इलामको फागुनन्दा गाउँपालिका –७ का विक्रम लिम्बु र अर्जुन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
सालको काठ चिरिरहेको अवस्थामा काठ इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरूको साथबाट काठ चिर्ने मेसिन एक थान, ३.४ को सात फुटको कडी १ सय १९ थान, १० फुटको कडी ३१ थान, ७ फुटको पट्रा ३६ थान र २.४ इन्चको कडी ६ थान पनि बरामद गरिएको छ ।
उनीहरूबाट बरामद गरिएको मेसिन र काठ सहित दुवै जनालाई आवश्यक कारबाहीका लागी संगम सामुदायिक वनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
३२ साउन २०७८, सोमवार २०:२४ बजे प्रकाशित































