punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री रोजगार कार्यक्रम : भुक्तानी नपाएपछि वडा कार्यालयमा ताला

Chaupati
safha napa

काम गरेको पैसा नपाएको भन्दै पाटन नगरपालिका–९ को वडा कार्यालयमा कामदारहरूले सोमबार तालाबन्दी गरेका छन्। नगरपालिकाबाट भुक्तानी भइसकेको रकमसमेत आफूहरूले नपाएको मजदुरहरूको गुनासो छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामको पैसा नपाएपछि आफूहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय कर्णबहादुर विष्टले बताए। काम गराएर भुक्तानी भइसकेको रकमसमेत दिन आनाकानी गरिएको उनीहरूको गुनासो छ।

वडा नं ९ मा प्रधानमन्त्री रोजगारअन्तर्गत ४ वटा योजना सञ्चालन भएका र ती योजनाका लागि ७६ जना सूचीकृत भएका थिए। पछि वडा कार्यालयकै रोहबरमा २९५ जनालाई रोजगारी दिइएको कार्यवाहक वडाध्यक्ष इन्द्रबहादुर बोहराले बताए।

नगरपालिकाबाटै ४ लाख ७२ हजार रुपैयाँ कम भुक्तानी भएकाले रकम वितरणमा समस्या भएको वडा कार्यालयले जनाएको छ।

तर कामदारहरूले भने तोकिएको ज्याला पाउनुपर्ने र भुक्तानी भएको रकम वितरण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेको बताएका छन्। पाटन नगरपालिकाका विभिन्न वडामा यस कार्यक्रममा अनियमितता भएपछि रोजगार शाखामा कार्यरत प्राविधिकको करार सेवासमेत रद्ध गरिएको थियो।

कार्यक्रमअन्तर्गत गरेको कामको पुनर्मूल्यांकनका लागि जिल्ला समन्वय समितिले प्राविधिक पठाउने भनेको भए पनि अहिलेसम्म नपठाएको नगरपालिकाका रोजगार संयोजक महेश पन्तले बताए।


३२ साउन २०७८, सोमवार २०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु