कैलालीमा जारी निषेधाज्ञा लम्बियो
कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेको भन्दै प्रशासनले भदौ १० गतेसम्मलाई निरन्तरता दिएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यस अघि जारी गरेको निषेधाज्ञा सोमबार राती १२ बजे सकिदै छ ।

३२ साउन २०७८, सोमवार १८:३७ बजे प्रकाशित































