punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आम नागरिकसँग भएका हतियार खोस्दै तालिबान

Chaupati
safha napa

तालिबानले अफगानिस्तानका आम नागरिकसँग भएको हतियार खोस्न थालेको छ । तालिबानका एक अधिकारीले आफ्ना लडाकूले काबुलमा आम नागरिकसँग उनीहरुको हतियार फिर्ता लिइरहेको बताएका छन् । उनीहरुलाई अब सुरक्षाको लागि हतियारको आवश्यकता नभएको भन्दै तालिबानले उक्त हतियार फिर्ता लिएको बताएको छ ।

बीबीसीसँग बोल्दै तालिबानका अधिकारीले भनेका छन्, ‘हामीलाई थाहा छ कि यो हतियार उनीहरुले आफ्नो सुरक्षाको लागि राख्थे । अब उनीहरुले आफैंलाई सुरक्षित महसुस गर्न सक्छन् । हामी यहाँ आम नागरिकलाई नोक्सानी पु¥याउन आएका होइनौं ।’

तालिबानका हतियारधारी लडाकू सोमबार स्थानीय टेलिभिजन च्यानलको कार्यालयमा पनि आएका थिए र उनीहरुले त्यहाँका सुरक्षाकर्मीको हतियार लिएर गएका थिए ।

टोलो न्युजले ट्वीटमा भनेको छ, ‘तालिबान काबुलस्थित टोलो न्युजको कार्यालयमा आएका थिए, हाम्रा सुरक्षाकर्मीको हतियारको बारेमा सोधपुछ गरे । जुन हतियार सरकारले दिएको थियो, त्यो फिर्ता लगे र हाम्रो कार्यालयलाई सुरक्षित राख्छौं भनेर गए ।’

च्यानलको माउ कम्पनी मोबीका निर्देशक साद मोहसेनीले ट्वीटरमा आफ्नो च्यानलका सबै कर्मचारी सकुशल रहेको र च्यानलको प्रसारण विना कुनै अवरोध जारी रहेको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा


३२ साउन २०७८, सोमवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु