punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङको थलारा माविमा सेनेटरी प्याड मेसिन

Chaupati
safha napa

बझाङस्थित छविसपाथिभेरा गाउँपालिका(५ थलारा मावि थलारामा सेनेटरी प्याड मेसिन ९भेन्डिङ० जडान गरिएको छ। महिनावारी भएका बेला विद्यालयका छात्रा तथा शिक्षिकालाई सजिलो होस् भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले जानकारी दिए ।

मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताए । छविसपाथिभेरा गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको लगानीमा उक्त मेसिन जडान गरिएको हो ।

मेसिन जडान गर्दै विद्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएका बेला विद्यालय छाड्नुपर्ने छात्राको बाध्यता हट्ने विश्वास व्यक्त गरे ।

यसको व्यवस्था र उचित शौचालयको व्यवस्था नहुनुले महिनावारी भएका बेला अनुपस्थित हुने गरेको शिक्षक धामीले बताए ।

हाल विद्यालय बन्द रहेकाले मेसिन जडानसँगै सबै छात्रा र शिक्षिकालाई वितरण गर्नका लागि स्मार्ट कार्ड पनि विद्यालयलाई हस्तान्तरण गरिसकेको र विद्यालय सञ्चालनमा आएपछि छात्रा र शिक्षिकालाई वितरण गर्ने प्रधानाध्यापक जाग्रीले जानकारी दिए ।

यसअघि छविसपाथिभेरा गाउँपालिकाका बान्नीचौर,शान्ति र जनप्रिय मावि बगडगाउँमा मेसिन जडान गरिएको हो । विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्रा पनि खुसी छन् ।


३१ साउन २०७८, आइतवार १६:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु