punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

७७ वटै जिल्ला प्रशासनलाई गृहको निर्देशन – आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्नु

Chaupati
safha napa

सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै संक्रमितको उपचारका लागि आवश्यक आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेललाई सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रको पत्रपछि सचिव स्तरीय निर्णयबाट देशैभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै निर्देशन दिइएको हो।

संसारभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण नेपालमा समेत फैलिएको हाल संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथा अस्पतालमा पनि उपलब्ध बेडहरू भरिँदै गइरहेको अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभिड १९ को दोस्रो लहरमा एक्कासी बढेको संक्रमितको संख्याले गर्दा स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउदा सवैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्र राख्न सकिएको थियो।

‘प्रथम र दोस्रो लहरको बेलामा सुचीकृत अस्पतालहरू हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावानालाई मध्येनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यकता देखिएको, कोभिड १९ संक्रमितहरुको आइसोलेसन सेन्टर, सवै अस्पतालहरु, मेडिकल कलेजहरूमा आवश्यक व्यवस्थापन गर्न सवै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई तोक्न (सचिवस्तर) को मिति २०७८र०४र२५ गतेको निर्णयानुसार अनुरोध भई आएको हुँदा निम्नानुसारका कार्यहरु कार्यान्वयन गर्न गराउनुहुन निर्णयानुसार अनुरोध छ,’ गृहले गरेको परिपत्रमा भनिएको छ।

गृहमन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्ने, अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको इमेलमा पठाउने, सूचीकृत अस्पतालहरूमा संक्रमितहरुको तथ्यांकरविवरण दैनिक रुपमा अनिवार्य अध्यावधिक गर्न लगाउने,मासिक अत्यावधिक विवरण एकिन गरी सो अनुसार निःशुल्क उपचार भएका संक्रमितहरुको विवरण सम्बन्धित अस्पतालहरुलाई सोधभर्ना गर्ने प्रयोजनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने र सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण अनुगमन गर्न भनेको छ।


२९ साउन २०७८, शुक्रवार १८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु