पेस्तोलसहित ३ जना पक्राउ
कपिलवस्तुमा प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।बुधबार राति कटुवा पेस्तोलसहित कपिलवस्तुका २० वर्षीय लक्ष्मण यादव, २८ वर्षीय विश्वम्भर यादव र ४१ वर्षीय समसाद अहमद खाँ पक्राउ परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
चौकी कुशुहवाबढनी र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले महाराजगंज नगरपालिका ९ औरहवाबाट पक्राउ गरेको हो।
खान तलासी गर्दा लक्ष्मण यादवले आफ्नो कम्मरमा एउटा नल कटुवा पेस्तोल र विश्वम्भर यादवले पाइन्टको गोजिमा ३ राउण्ड गोली फेला परेको छ।
सोधपुछमा उनीहरुले त्यो हतियार समसाद अहमद खाँले राख्न दिएको बताएपछि खाँलाई पनि प्रहरीले पक्राउ गरेको हो।
२८ साउन २०७८, बिहीवार १९:४८ बजे प्रकाशित































