punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवा सरकारका तीन प्राथमिकता, तर कार्यान्वयनमा चुनौती

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालको पहिलो प्राथमिकता खोप हुने बताए पनि व्यवस्थित सरकार सञ्चालनका लागि साझा नीति र कार्यक्रम सरकारले ल्याउनुपर्ने एक राजनीतिशास्त्रीले बताएका छन्।

प्रधानमन्त्रीको दलका अर्का एक नेताले खोप खरिदबाहेक व्यवस्थित परराष्ट्रनीति तथा सत्तामा हुने राजनीतिकीकरण नियन्त्रण सरकारको उच्च प्राथमिकतामा पर्ने बीबीसीलाई बताएका छन्।

सर्वत्र चासोपूर्वक हेरिएको स्वास्थ्यमन्त्री नियुक्तिसहित मन्त्रिपरिषद्को पूर्णताबारे पनि देउवाले आफूलाई समर्थन गरेका अन्य दलसँग छलफल गर्ने उनले बताए।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको मतबाट आइतवार विश्वासको मत प्राप्त गरेका थिए।

देउवा सरकारको प्राथमिकतामा के छ ?
विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट नागरिकलाई जोगाउनु भएको बताएका थिए।

उनले भने, ‘अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप। तीनवटा प्राथमिकता खोप, खोप, खोप। जिन्दगी बचाउनु सबैभन्दा ठूलो कुरा हो। हाम्रो प्राथमिकता भनेको खोपबाहेक अरू केही छैन।

हालसम्म नेपालले दुई मात्रा लगाउने खोप चिनियाँ भेरो सेल र भारतमा उत्पादित कोभिशील्ड खोपको एक करोड १४ लाख मात्रा सुनिश्चित गरेको छ। अमेरिकाले अनुदान दिएको एउटै मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप १५ लाख जनाभन्दा बढी नागरिकलाई दिन पुग्ने देखिन्छ।

असोज महिनासम्म कुल जनसङ्ख्याको एकतिहाइलाई खोप उपलब्ध गराइसक्ने लक्ष्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राखेको छ। प्रधानमन्त्री देउवानिकट मानिने नेपाली कांग्रेसका नेता प्रकाशशरण महत खोप खरिद सरकारको उच्च प्राथमिकतामा पर्ने बताउँछन्।

उनले भने, ‘जति मित्रराष्ट्रहरूले सहयोग गरे त्यसलाई धन्यवाद दिँदै अरू सहयोग आउँछ भने त्यसको स्वागत हुन्छ। तर सहयोग पर्खेर मात्रै हुँदैन, हामी खरिदको बाटोमा पनि जानुपर्छ।’

उनले थपे, ‘सबै नागरिकलाई प्राथमिकता दिएर खोप दिनुपर्छ। सरकारको पहिलो प्राथमिकता त्यही हो।’ विश्वासको मत पाएको भोलिपल्टै देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका छन् जसमा भारतीय प्रधानमन्त्रीले तत्कालै खोप आपूर्ति गर्ने प्रतिबद्धता जनाएको बताइन्छ।

भारतीय प्रधानमन्त्रीले पनि कोभिड–१९ महामारीसहित विभिन्न नेपाल(भारत सहकार्यबारे कुराकानी भएको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्। बीबीसी


५ साउन २०७८, मंगलवार १३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु