punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रयोगशालामा ९५ जनाको नमुना परिक्षण गर्दा २१ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ९५ नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका २ कैलालीका १८ र अन्य जिल्लाका १ गरी २१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना निको भई घर फर्किएका छन्  भने ३ जना अस्पतालमा भर्ना भएका छन् ।   यस्तै पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।


२३ असार २०७८, बुधवार १३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु