punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा आजदेखि के गर्न पाउने के नपाउने, यस्तो छ सिडिओको आदेश

Chaupati
safha napa

धनगढी : कैलालीमा जारी परिमार्जनसहितको निषेधाज्ञा आजदेखि लागू हुदैछ।निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन १ गतेसम्मलाइ निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख छ। जिल्लामा सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर हटाइएको छ।

सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलिने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

विभिन्न प्रकारका गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता कार्यहरु सञ्चालन गर्दा बढिमा २५ जना सहभागी गर्न पाइनेछ। होटल, रेष्टुरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ।


२३ असार २०७८, बुधवार ११:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु