punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामाजिक सुरक्षा कोषप्रति बैंकर्स क्लवद्वारा विरोध

Chaupati
safha napa

सामाजिक सुरक्षा कोष (एसएसएफ) ले निजी क्षेत्रका प्रत्येक प्रतिष्ठानहरुलाई कोषमा अनिवार्य रुपमा आबद्ध हुन निर्देशन गरेको भन्दै बैंक तथा वित्तीय संस्था र कर्पोरेट जगतका कर्मचारीहरु विरोधमा छन्।

बुधबार बैंकर्स क्लव धनगढीले पनि विरोध गरेको छ । बैंकर्स ल्कव धनगढीको आयोजनामा बैंक तथा वित्तीय संस्थामा आबद्ध कर्मचारीहरूले विरोध गरेका हुन् ।

सामाजिक सुरक्षा कोषको अवधारणालाई कार्यान्वयनमा ल्याउनुअघि राम्रोसँग गृहकार्य नगरेकाले पनि योगदानकर्ता (कर्मचारी) ले विश्वास गर्न नसकिरहेको क्लवका अध्यक्ष धर्म बिष्टले बताए ।

कोषमा सहभागिता फराकिलो हुनेगरी आबद्धता बढाउन सरकारको योगदान बढ्नुपर्ने र कोष ऐनको दफा ११ को व्यवस्थालाई सदुपयोग गरेर भिन्न-भिन्न किसिमका स्किमहरु ल्याउनुपर्ने बैंकिङ विज्ञहरूको भनाई छ ।

 


२३ असार २०७८, बुधवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु