punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिन्धुपाल्चोकको हेलम्बुमा बाढी, ७ जनाकाे मृत्यु

Chaupati
safha napa

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए ।

हेलम्बु गाउँपालिकामा अहिलेसम्मा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ, उनले भने, घर,टहरा, पुललगायत संरचना बगेका छन्। बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । सो क्षेत्रमा केही झोलुंगे पुल पनि बगाएको प्रजिअ पोखरेलले बताए ।

बाढी आएसँगै मेलम्चीमा रहेको सशस्त्र प्रहरीको क्याम्प समेत विस्थापित भएको छ। सो क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेका छन् ।


२ असार २०७८, बुधवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु