punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चुरेफेदीमा रहेको जैविक मार्गमा पर्ने रूख मापदण्डबिना नै काटिए

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिका चुरेफेदीमा रहेको जैविक मार्गमा पर्ने रूख मापदण्डबिना नै काटिएका छन् । डिभिजन वन कार्यालयले काटिएका रूखमा छपानसम्म नगराएर रूखहरू काटेको स्थानीयको आरोप छ ।

स्थानीयवासीका अनुसार जैविक मार्गमा पर्ने १४ वटा सालका रूख काटिएका हुन् । नगरपालिकाले चुरेफेदीमा निर्माण गरेको जैविक मार्गमा पर्ने साललगायतको रूखहरू कटान भएको स्थानीय बताउँछन् ।

‘घरमा लगाएको रूखसमेत छपान गरेर मात्रै काटिन्छ तर चुरेफेदीका रूखहरू प्रक्रियासमेत नपुर्‍याएर धमाधम काटिए,’ सोही क्षेत्रका स्थानीय इन्द्र साउदले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्बन्धित कर्मचारीलाई कारबाही गरिनुपर्छ ।’

डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले जैविक मार्गमा पर्ने केही रूखहरू हावाहुरीले ढलाएको र तिनै रूखहरू संकलन गरिएको बताए ।


३० जेठ २०७८, आइतवार १०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु